बजार संक्षेप

पञ्चकन्याले ल्यायो सीपीभीसीको नयाँ दुइ ग्रेडको पाइप

  नागरिक   2020-01-11

काठमाडौँ- विभिन्न प्रकारका प्लाष्टिकका पाईपहरु उत्पादनमा अग्रणी रहेको र नेपालमै पहिलो पटक पञ्चकन्या ग्रुपले Chlorinated Polyvinyl Chloride (सीपीभीसी)को नयाँ दुई ग्रेडको फेलम प्रो पाईप तथा फिटिङ्गस् (CPVC Fire Sprinkler Series) र Transparent Fittings देशमा भित्र्याउन सफल भएको छ। उक्त ग्रेडका पाईपहरुको आधिकारिक अनावरण एक पत्रकार सम्मेलन मार्फत यही जनवरी १०,२०२० मा होटल र्याडिसनमा गरियो ।

साथै Flame Pro पाईपहरु आगो प्रतिरोधात्मक, जडान गर्न सजिलो, नन–कोरोसिब, केमिकल तथा यू.भि. रेसिष्टेण्ट जस्ता गुणहरुले युक्त भई वातावरण हिसावले अनुकूल, तुलनात्मक रुपले किफायती र सस्ता छन्। यो उत्पादनलाई Fire Sprinklerको लागि अति उत्तम रुपमा लिन सकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी Transparent Fittings तातो, चिसो, पानीको लागि अति उत्तम, पारदर्शी, जडान गर्न सजिलो हुनुका साथै जडान गर्न महगो सामग्री नचाहिने, सामान्य सीपीभीसी पाईप भन्दा बलियो र बढी चाप बहन गर्न सक्ने क्षमताका हुन्छन्। यो उत्पादनलाई प्लम्बिङ सिष्टममा नयाँ बिकल्पको रुपमा लिन सकिने कम्पनीले जनाएको छ ।

दुवै उत्पादन विश्व प्रसिद्ध जापानिज SEKISUI कम्पनीको कच्चा पदार्थ प्रयोग गरिने र ISO 9001:20015 स्ट्याण्डर्डबाट बनाईने हुँदा कम्तिमा ५० वर्षसम्म टिकाउ हुन्छ । पछिल्लो समय सीपीभीसी पाईप तथा फिटिङ्गस्मा नेपाल गुणस्तर चिन्ह र भारतीय मानक ब्यूरो ISI चिन्ह प्राप्त गर्ने एकमात्र पहिलो कम्पनी हुन सफल भएको छ । पञ्चकन्याले आफ्नो गुणस्तर प्रतिको प्रतिवद्धता तथा “सदैव विश्वासिलो” र “सधै एक कदम अगाडी” भन्ने आफ्नो मूल मन्त्रलाई व्यवहारमा उतार्ने प्रण कम्पनीले लिएको छ ।


 

यसमा तपाईको मत