बजार संक्षेप

ओक्सेम्बर्ग अब नेपालमा

  नागरिक   2020-02-13

काठमाडौं- विश्वमै सुपरिचत तथा विश्वनीय भारतीय कम्पनी सियाराम समुहको ओक्सेम्बर्ग ब्राण्डको आउटलेट काठमाडौंको सिभिल मलमा फागनु १ गतेदेखि खुलेको छ । सिभिलमलका साथै ललितपुरको कुमारीपाटी, लाबिम मल तथा विराटनगर गरेर अन्य तीन स्थान पनि यसको स्टोरहरु खुलिसकेका छन् । सिभिलमलमा रहेको आउटलेटलाई नविन ढंगले ब्राण्डको सबै गुण र फेशन स्टेटमेन्ट झल्किने गरी लुगाहरु प्रदर्शनीमा राखिएका छन् । यहाँ औपचारिक, अनौपचारिक, पार्टी वेयर, विभिन्न प्रकारका एसोरेरिज तथा जिन्स पनि उपलब्ध हुने छन् । यसका कारण शहरीया पुरुषको लागि लुगा खरिद गर्ने यो सहज स्थान हुने पक्का छ ।
आफ्ना सम्भावित ग्राहकहरुसम्म आफना पहुँच विस्तार गर्न ओक्सेम्बर्गले नेपालका विभिन्न शहरहरुमा आफ्नो व्यापार सञ्जाल रहेको हिमालयन भाइब्स समुहसँग सहकार्य गरेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
नयाँ खुलेको आउटलेटका बारेमा बोल्दै सियाराम सिल्क मिल्स लिमिटेडका वरिष्ठ उपाध्यक्ष, ई पी ड्यानियलले भने, ‘हामी आफ्नो ओक्सेम्बर्ग ब्राण्डको आउटलेट काठमाडौंमा खोल्न पाउँदा निकै उत्साहित छौं । स्टाइल, शान र सुविधामा विश्वास राख्ने ग्राहकहरुको सेवा गर्ने मौका पाउँदा हामीलाई गौरव लागेको छ । हामी यहाँ निकै उत्कृष्ट लुगाहरुका साथै फेशनमा रहेका नयाँ वस्तुहरु राखेर अद्वितिय ग्राहक सेवामार्फत नेपालीहरुको मन र विश्वास जित्न चाहन्छौं ।’
स्टोरको नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले उदघाटन गरेको थिए । उक्त समारोहमा अक्सेम्बर्गका उच्च अधिकारीका साथै हिमालयन भाइब्सका आदर्श पाण्डे तथा अन्य गन्यमान्य व्यक्तित्वहरुको पनि सहभागिता रहेको उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

यसमा तपाईको मत