बजार संक्षेप

बंगलादेश बैंकको अभिमुखीकरण प्रशिक्षण

  नागरिक   2020-01-08

काठमाडौं– नेपाल बंगलादेश बैंकले फिदिममा ३० विद्यार्थीलाई अभिमुखीकरण गतिशीलता र नोट पहिचानको प्रशिक्षण दिएको छ । फिदिम-४ पाँचथरस्थित गढी माध्यमिक विद्यालयमा बैंकले गत पुस ४ गते मैत्री समाज नेपालको सहयोगमा ३० दृष्टिविहीन विद्यार्थीलाई अभिमुखीकरण गतिशीलता र नोट पहिचानसम्बन्धी एकहप्ते प्रशिक्षण दिएको छ ।
प्रशिक्षणमा १७ छात्र र १३ छात्राको सहभागिता रहेको बैंकको विज्ञप्तिमा उल्लेख छ । प्रशिक्षणले विद्यार्थीलाई सामान्य मार्गनिर्देशन, दिशा परिवर्तन, साघुँरो ठाउँमा हिँडडुल, भर्याङ्ग, माथिल्लो तथा तल्लो शरीरको भागको सुरक्षा, विभिन्न ठाउँमा बस्ने तरिका, एक्लै हिँडडुल गर्ने तरिका सिकाइ सेतो छडी लिएर हिँड्ने तथा सो छडीका भागबारे जानकारी पाउन मद्दत गर्ने बैंकले जनाएको छ ।
 

यसमा तपाईको मत