बजार संक्षेप

ओपोद्वारा ‘बडा दशैँ’ एसएमएस क्याम्पेन २०१९ घोषणा

  नागरिक   2019-09-02

काठमाडौं- विश्व स्तरमा अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले समस्त नेपालीहरुको महान चाड बडा दशैँको शुभ अवसरमा ‘बडा दशैँ’ एसएमएस क्याम्पेन, विशेष उपहार योजनाको घोषणा गरेको छ । उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर फोनको आईएमईआई एसएमएस गरी योजनामा सहभागिता जनाई विभिन्न उपहार जित्ने अवसर प्राप्त गर्ने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख छ। 
 
क्याम्पेन अवधिभर कुनैपनि ओपो फोनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् । सहभागिताका लागि उपभोक्ताले ओपो ≤स्पेस≥ आईएमईआई उल्लेख गरी ३३००१ नम्बरमा एसएमएस पठाउनु पर्ने हुन्छ । यसरी प्राप्त एसएमएस मार्फत हरेक हप्ता २ जना भाग्यशाली विजेताको छनोट गरिनेछ । छनोटमा परेका मध्य एकले, बाली वा बाकु (निर्धारित हप्ता र पुरस्कारका आधारमा) भ्रमण जित्न सक्नेछन् । त्यसैगरी, अर्का विजेताले दशैँमा घर जान र फर्किन लाग्ने सवारी साधनको भाडा खर्च जित्न सक्ने कम्पनीले जानकारी दिएको छ । 
उपहार योजना अवधिभर, लगातार ५ हप्तासम्म, हरेक हप्ताको अन्त्यमा एउटा लक्कि ड्रको आयोजना गरिने छ । लक्कि ड्रका विजेताको घोषणा क्रमशः सेप्टेम्बर ७, १४, २१, २८ र अक्टोबर ५ मा गरिनेछ । क्याम्पेन अवधिभर, लक्कि ड्रमा विजेताका रुपमा छनोटमा नपरेका सहभागीलाई स्वतः अर्को लक्कि ड्रका लागि सहभागिताको अवसर प्रदान गरिनेछ । तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्कि ड्रसम्म जित हात पार्ने अवसर प्राप्त गर्नेछन् । सेप्टेम्बर १देखि सञ्चालनमा ल्याइएको उक्त उपहार योजना अक्टोबर ४, २०१९ सम्म निरन्तर चल्नेछ । 

एफ११ सिरिज र आर१७ प्रोमा ‘प्राइस ड्रप’ अफर

दशैँको शु-अवसरमा कम्पनीले ‘बडा दशैँ एसएमएस’ क्याम्पेनका साथै आफ्ना बेष्ट सेलिङ मोबाइल फोनहरु एफ११ सिरिज र आर१७ प्रोमा ‘प्राइस ड्रप’ अफरपनि सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत अब एफ११ प्रोको मूल्य रु.४१ हजार ९ सय ९०, एफ११ को रु. ३१ हजार ९ सय ९० र आर१७ प्रो रु. ५९ हजार ९ सय ९० निर्धारण गरिएको छ । पहिले यी मोबाइलको मूल्य क्रमशः रु. ४७ हजार ९ सय ९०, ३५ हजार ४ सय ९० र ७५ हजार ९ सय ९० रहेको थियो । नयाँ मूल्य सुची सेप्टेम्बर २ देखि नेपालभर लागु हुने कम्पनीले जानकारी दिएको छ । 

 
 

यसमा तपाईको मत