बजार संक्षेप

अनलाइन जब फेयर आयोजना हुने

  नागरिक   2020-01-27

काठमाडौं– आस्कमी म्यानेजमेन्टले यही माघ १५ र १६ गते दुईदिने ‘भर्चुअल जब फेयर’ सञ्चालन गर्ने भएको छ । इन्टरनेटको बढ्दो प्रयोगसँगै मोबाइल तथा कम्प्युटरबाटै जागिरको खोजी गराउन आस्कमी कन्सल्ट डटकममा भर्चुअल जब फेयर सञ्चालन गर्न लागिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कर्पोरेट क्षेत्र, बैंक, बिमा, होटल, उत्पादन तथा प्रशोधनका साथै विविध क्षेत्रसँग सम्बन्धित रोजगारदाता कम्पनीलाई समेत लक्षित गरी अनलाइन जब फेयर सञ्चालन गर्न लागेको कम्पनीले जनाएको छ ।
नेपालमै पहिलोपटक हुन लागेको सबैभन्दा ठूलो अनलाइन जब फेयर दाबी गरिएको उक्त मेलाले घरमै बसीबसी ल्यापटप वा कम्प्युटरबाटै भिजिट गर्न सकिने जनाइएको छ ।
मेलामा ५० भन्दा बढी कम्पनीले आफ्नो अनलाइन स्टल राख्नेछन् भने कम्तीमा एक लाख जब खोजकर्ताले अनलाइन प्ल्याटफर्म भिजिट गर्ने कम्पनीको अपेक्षा छ ।  
राष्ट्रिय वाणिज्य बैंकको प्रमुख सहकार्यमा आयोजना हुन उक्त मेलालाई गोल्डेन गेट कलेजको साथ रहेको छ । माछापुच्छ्रे बैंक, एनआइसी एसिया बैंक, मुक्तिनाथ विकास बैंक, शिखर इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, इसेवा, फोन पे, लोन प्लस डिपोजिट डट कम जस्ता कम्पनीले पनि मेलामा सहकार्य गरेका छन् ।
 

यसमा तपाईको मत