बजार संक्षेप

फुडमाण्डु फेस्टिभलको मुख्य आकर्षण एक रुपैयामा खाना

  नागरिक   2020-01-09

काठमाडौं- नेपालपकै पहिलो अनलाईन फुड डेलिभरी कम्पनी फुडमाण्डुले अनलाईन फुड फेस्टिभल आयोजना गरेको छ। पहिलो र दोस्रो  फेस्टिभल भब्यताकासाथ आयोजना गरेको फुडमाण्डुको यो तेस्रो संकरण हो । रुस्लान भोड्को मूख्य प्रायोजन र दराज तथा नेपाल टेलिकमको सहप्रायोजनमा आयोजना गरेको फेस्टिभल पौष २१ ग्तेदेखि २७ गतेसम्म संचालन भइरहेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
अनलाईन फेस्टिभलमा ३१ विभिन्न रेष्टुरेन्टहरुले सहभागिता जनाएको छ । फेस्टिभलको मूख्य आकर्षण रु १मा नै खाना, ६० प्रतिशत सम्मको छुट, मिस्टी (Mistery) ब्याग तथा विभिन्न अनलाईन गेमहरु राखिको छ । यस फेस्टिभलमा अनलाईन गेमहरु खेली विभिन्न उपहार तथा भौचर कुपन जित्न सकिनेछ साथै फोन पे को क्यूआर कोड स्क्यान गरी पेमेन्ट गरेमा थप ३० प्रतिशत छुट पाईने जानकारी उक्त जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
ग्राहकले फेस्टिभलमा अर्डर गर्न फुडमाण्डुको एप डाउनलोड गर्नुपर्नेछ । एपमा यो पटक Treasure hunt (Augmented Reality) नामक गेम पनि राखिएको छ । निकै भिन्न र नयाँ अनुभवका लागि यो गेम राखिएको फुडमाण्डुका ब्राण्ड तथा मार्केटि प्रमुख श्याम रत्न माली बताउछन् ।
एक सातासम्म चल्ने यस उत्सवमा घर वा कार्यालयमा बसिनै मजा लिन सकिनेछ । शुरुका दिनदेखि नै उल्लेखियरुपमा ग्राहकहरुको सहभागिता रहेको आयोजकहरु बताउछन् । लगातार दुइ बर्षदेखि आयोजना हुदै आईरहेको यो उत्सव ग्राहक वर्गहरुले भिन्नरुपको अनुभव गरिएको र निकै लोकप्रिय भईरहेका बताउछन माली ।
फुडमाण्डुका नियमित ग्राहक पेमा शेर्पाले अनलाईन फुड फेस्टिभलमा मिस्टी ब्याज एकदम आकर्षक लागेको र अरु बेलाभन्दा धेरै नै सस्तोमा खानाहरु पाईने र अनलाईन गेमहरु खेलि डिस्काण्ट कुपनहरु जित्न सक्ने फिचर एकदम रमाईलो लागेको उनि बताउछन ।
त्यस्तौ खल्ती वालेटमा कार्यारत बसन्त ढकाललाई रु१ मा नै खाना पाइने कुराले एकदम आकर्षित तुल्याएको कुरा बताउछन ।
मिस्टी ब्यागमा आफूले अर्डर गरेको खानासँगै ग्राण्ड मास्टर रम र अरु थुप्रै सामान आउदा मिस्टी ब्याग फुडमाण्डुले भनेझै साचै नै सप्राईजले भरिएको मैले पाए । एक हप्ता घरमा खाना नबन्ने भयो भन्दै हास्दै आफ्नो अनुभव सुनाउछन् वल्र्डलिंकमा कार्यारत अनुप मानन्घर ।
आजसम्मको ग्राहकहरुको सहभागिता हेर्दा बाँकीदिनमा ग्राहकहरुको संख्या उल्लेख्यरुमा बढ्नेकुरामा विश्वश्त भएको कुरा ब्राण्ड तथा मार्केटि प्रमुख श्याम रत्न माली बताउछन । 
आगामी वर्षमा यो भन्दा थप आकर्षक फिचरहरुका साथ आउने कुरा बताउछन फुडमाण्डुका सिइओ निदान श्रेष्ठले बताएको जानकारी कम्पनीद्वारा जारी उक्त प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

यसमा तपाईको मत