बजार संक्षेप

वर्ल्डलिंकद्धारा मानव सेवा आश्रमलाई दश लाख सहयोग

  नागरिक   2019-09-30

काठमाडौं- वर्ल्डलिंक कम्यूनिकेसन्स लिमिटेडले मानव सेवा आश्रमलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनी २४ वर्ष पुरा गरि २५ वर्ष लागेको अवसर पारेर आश्रमलाई सहयोग उपलब्ध गराइएको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
वि.स. २०५२ सालबाट सञ्चालनमा आएको वर्ल्डलिंकले विगत २४ वर्ष देखी नेपालका सहरी तथा ग्रामिण भेगमा इन्टरनेट सेवा पुर्याउदै आएको छ। वर्ल्डलिंकले पछिल्लो समयमा आफ्ना ग्राहकलाई उच्च गतिको सहज र गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ। त्यतिमात्रै नभएर कम्पनीले विभिन्न सामजिक क्षेत्रमा समेत योगदान गर्दै आएको छ। यसै क्रममा कम्पनिले आफ्नोे सामाजिक उत्तर दायित्व अन्तर्गत मानव सेवा आश्रमलाई हालै १० लाख रुपैयाँ सहयोग गरेको जनाएको छ। 
मानवसेवा आश्रम भक्तपूर शाखाको गृह प्रवेश र उद्धाघाटन समहारोहको अवसरमा कम्पनीले यो रकम संस्थालाई हस्तान्तरण गरेको हो। उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले वल्र्डलिंकका कार्यकारी निर्देशक विजय जालानलाई सम्मान पत्र हस्तान्तरण गरेका छन्। उक्त अवसरमा कार्यकारी निर्देशक जालानले आफ्नो धारणा राख्दै,असाहाय, बेसाहारा र लावारिस अवस्थामा रहेका मानिसहरुलाई उद्धार गरि निस्वार्थ भावनालले सेवा गर्दै आएको मानव सेवा आश्रमलाई कम्पनीले १० लाख रुपैंया साथै मानव सेवा आश्रमका नेपालभरि रहेका १६ओटै शाखाहरुमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेको उक्त प्रेस बिज्ञप्तिमा जनाएको छ। 
 

यसमा तपाईको मत