बजार संक्षेप

ओम बैंकको स्मार्ट यात्रा कार्ड

    2019-08-09

काठमाडौं– ओम डेभलपमेन्ट बैंकले पोखरामा यात्रा स्मार्ट कार्ड वितरण सुरु गरेको छ । 
पोखरा महानगरपालिकाद्वारा आगामी भदौ १ गतेदेखि महानगरपालिकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका बसमा ई–टिकेटिङ लागू गर्न लागेकाले उक्त कार्ड वितरण गरिएको बैंकले जनाएको छ ।
यात्रा स्मार्ट कार्ड जारी, वितरण तथा सार्वजनिक सवारीको दैनिक रुपमा हुने आम्दानीको सेटलमेन्टको काम बैंकले गर्ने जनाइएको छ ।
पहिलो चरणमा पोखराभित्रका स्कुल, कलेज अध्ययन गर्ने विद्यार्थीलाई वितरण सुरु गरिएको र लगत्तै पोखरा महानगरभित्रका सम्पूर्ण वडामार्फत सो कार्ड वितरण गरिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रथम चरणमा पोखरा महानगरपालिकाभित्र चल्ने करिब आठ सय सवारी साधनमा टर्मिनल जडान गर्ने र चार वर्षभित्रमा तीन लाख स्मार्ट कार्ड वितरण गरी पोखरालाई स्मार्ट सिटीको रुपमा विकसित गर्ने महानगरपालिकाको अवधारणामा महत्वपूर्ण योगदान पुग्ने बैंकको अपेक्षा रहेको छ । 

यसमा तपाईको मत