बजार संक्षेप

महेशकुमार श्रेष्ठद्वारा एनआरएन आइसीसी कोषाध्यक्ष पदमा उम्मेदवारी

  नागरिक   2019-10-01

काठमाडौँ- जापानका पुराना तथा स्थापित व्यवसायी महेशकुमार श्रेष्ठले एनआरएन आइसीसीको कोषाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गर्दै आफुलाई सहयोग र समर्थन गर्न अपिल गरेका छन् ।

उनि लामो समयदेखि कुनै न कुनै जिम्मेवारीमा रहेर एनआरएन अभियानमा जोडिदैं आएको र आफ्नो सीप, अनुभव, क्षमता र योग्यतालाई अभियानमार्फत उपयोग गर्दै मुलुकको समृद्धिमा योगदान दिन चाहेको विचार उनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। रेमिट्यान्स, रेष्टुरेन्ट, हाइड्रो, बैकिङ, आधुनिक कृषि, ट्राभल, आइटी, इन्स्युरेन्स, आयात, निर्यात, भौतिक पूर्वाधार लगायतका व्यवसायिक क्षेत्रमा संलग्न रही मुलुकमा लगानी भित्र्याउने कार्यमा उदाहरण बन्दै आएका श्रेष्ठले वित्तिय क्षेत्र आफ्नो अध्ययन र रुचीको क्षेत्र भएकोले यस क्षेत्रमा हासिल गरेको अनुभवलाई सोहीअनुसारको जिम्मेवारीमा रहेर भूमिका निर्बाह गर्न चाहेको बताएको जानकारी उक्त प्रेस बिज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तीमार्फत श्रेष्ठले एनआरएन अभियानमा कोषाध्यक्षको दावी गर्दै गैर आवासीय श्रमिक कल्याण कोष र आर्थिक स्थायित्व, मितव्ययिता, पारदर्शिता र जबाफदेहितालाई मुख्य मुद्दाकारुपमा अगाडि सारेका छन् । हाल एनआरएनए आइसीसी सदस्य रहेका श्रेष्ठद्वारा जारी विज्ञप्तीमा भनिएको छ – यही अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गैरहेको गैर आवासीय नेपाली संघको नवौं महाधिवेशनबाट निर्वा्चित हुने आगामी कार्यसमितिका कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा सहित देहायअनुसार आफ्नो भनाइ राख्ने अनुमति माग्दै यहाँहरुको अमूल्य सुझाव र सहयोगको अपेक्षा गरेको छु ।

‘गैर आवासीय श्रमिक कल्याण कोष’ को स्थापना गरी उक्त कोषमा वार्षिक ८ करोड जम्मा गर्दै जाने ठोस योजना सहित ’मितव्ययिता र पारदर्शिता, आजको आवश्यकता’ भन्ने मूल नारा लिएर गैरआवासीय नेपाली संघको आर्थिक स्थायित्वलाई जोड दिदै संघको नवौं महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको छु ।

विज्ञप्तीमा अगाडि भनिएको छ – विगत १४ वर्ष अघि देखिनै गैरआवासीय नेपाली संघको विभिन्न निकायको जिम्मेवारीमा रही काम गरिसकेको एनआरएनएको एक जिम्मेवार सदस्यको नाताले यस संघलाई आर्थिक रुपमा दिगो, पारदर्शी, उत्तरदायीपूर्ण एवं सम्पर्ण गैर आवासीय नेपालीहरुको साझा संगठनको रुपमा विकास गर्दै संघको अभियानलाई थप अगाडि बढाउन नेतृत्व तहमा बसेर काम गर्न सक्छु भन्ने पूर्ण विश्वास लिएको छु । विगत लामो समयदेखि आर्थिक तथा वित्तिय क्षेत्रमा काम गरेको मेरो अनुभवलाई सही रुपमा उपयोग गर्न सकिने कोषाध्यक्ष पद नै उपयुक्त भएकोले यस गरिमामय पदका लागि आफु योग्य भएको ठानी देहाय वमोजिमका १० बुँदे प्रतिबद्धताहरु सहित आफ्नो उमेदवारी घोषणा गर्दै पुनः यहाँहरुको अमूल्य सुझाव र सहयोगका लागि हार्दिक अनुरोध गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

यसमा तपाईको मत