बजार संक्षेप

एनआरएनए रूसका अध्यक्षबाट अक्षयकोष स्थापनाको घोषणा

  नागरिक   2019-09-04

मास्को- रूसको राजधानीस्थित विश्वप्रसिद्ध रसियाली जनमैत्री विश्वविद्यालयको ’इन्टरक्लब’ को सभाकक्षमा गैरआवासीय नेपालीसंघरूसको नवौं राष्ट्रिय अधिवेशन भव्यताकासाथ सम्पन्न भएको छ। रूसमा बसोवास गरिरहेका नेपालीहरूको व्यापक उपस्थितिमा एनआरएनए रूस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष रामेश्वरगौतमको सभापतित्वमा सम्पन्न यस नवौं अधिवेशनमा रूस महासंघका लागि नेपाली राजदूतमहामहिम ऋषिरामघिमिरे प्रमुखअतिथिको रूपमा उपस्थित भएका थिए। श्रीमती राजदूत कमला घिमिरेसहित मास्कोस्थित नेपाली राजदूतावास परिवारकोपनि त्यसमा समुपस्थिति रहेको थियो।


गैरआवासीय नेपालीसंघ रूसराष्ट्रिय समन्वयपरिषदका कार्यवाहक महासचिव इन्द्रप्रसाद भुषालद्वारा संचालित नवौं अधिवेशनको पहिलोसत्रमा रूसकालागि नेपाली राजदूत श्री ऋषिराम घिमिरे, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रीय समन्वयपरिषदका पदाधिकारीहरू ( उपाध्यक्ष सपिला राजभण्डारी, महासचिवडा. बद्रीकेसी, यूरोप उपसंयोजक तथा भाषा एवं साहित्य समितिका संयोजक र प्रस्तुत नवौं अधिवेशनका केन्द्रीय पर्यवेक्षक गोविन्दप्रसाद गौतम,  केन्द्रीयसदस्य डा.एक नारायण चापागाईं प्रभृतिबाट शुभेच्छा र मन्तव्य प्रस्तुत गर्दै गतः२वर्षको समयावधिमा गैरआवासीय नेपालीसंघकोतर्फबाट सम्पन्न क्रियाकलापको विस्तृत चर्चा गरिएको जानकारी जारी प्रेस बिज्ञप्तिमा  उल्लेख छ। 
गैरआवासीय नेपालीसंघ रूस राष्ट्रिय समन्वय परिषदका नवनिर्वा्चित अध्यक्ष शिवमणि भुर्त्यालले आफूलाई निर्विरोध निर्वा्चित गरिएकोमा नवौ महाधिवेशनमा उपस्थित सबै सदस्यहरूलाई र यस पदका प्रत्यक्ष प्रत्यासी डा. विमला भण्डारी तथा सुमन रिजालको त्याग र सहयोगकालागि हार्दिक धन्यवादज्ञापन गरेका थिए। अध्यक्षको पदभार वहन गर्दै तत्कालै भइपरि आउँदा व्ययभार वहन गर्न १०हजार डलरको अक्षयकोष स्थापना गर्नेबारे गरिएको घोषणाको तुमुलकरतल ध्वनिद्वारा  स्वागत गरिएको थियो। उहाँले रूसका विभिन्न उच्च शिक्षण संस्थानहरूमा अध्ययनरत नेपाली छात्रछात्राहरू मध्ये अध्ययनका सबैविषयहरूमा परीक्षामा उत्कृष्टतम अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदानगर्नेपनि घोष्णा गरेको जानकारी उक्त प्रेस बिज्ञप्तिमा उल्लेख गरीएको छ।

यसमा तपाईको मत