बजार संक्षेप

कामनाको एनआरएन बचतखाता सञ्चालनमा

  नागरिक   2021-09-19

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक तथा नेपालस्थित उनीहरूको परिवारका लागि कामना सेवा विकास बैंकले नयाँ एनआरएन बचत खाता सञ्चालनमा ल्याएको छ। ७ प्रतिशत उच्चतम ब्याजदरसहितको यस खातामा पहिलो वर्ष निःशुल्क मोबाइल तथा इन्टरनेट बैंकिङको सुविधा रहेको छ।

विदेशमा रहेका नेपालीले रेमिट्यान्स तथा बैंकिङ प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा जम्मा गर्न सक्नेछन्। साथै यो खातामार्फत खोलिने मुद्दती निक्षेपमा ०।५ प्रतिशत थप ब्याज पाउनेछन्।

यो खाता अनलाइन माध्यमबाट पनि खोल्न सकिने छ। हाल बैंकले १ सय २९ शाखा, एउटा विस्तारित शाखालगायत ७६ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।

यसमा तपाईको मत