बजार संक्षेप

अब नेपाल अधिराज्य भरी एल.जी.को रोड शो

  नागरिक   2019-12-29

काठमाडौँ- एल.जी.ले नेपाल अधिराज्यभरी रोड शो सुरु गरेको छ । यस रोड शोमा एल.जी.का इनोभेटिभ प्रोडकहरुको डिस्पेल्य साथ साथै डेमो पनि गरिरहेको छ । यस रोड शोको मूल्य आकर्षण वासिङ्ग मेसिन, टि.भी. र ए.सि. रहेको छ। भक्तपुर देखि शुरु भएको रोड शो बाग्लुङ्ग, पोखरा हुँदै महेन्द्रनगर बाट नारायणघाट हुँदै काकडभिट्टा सम्म हुने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। 
यस रोड शो को मुख्य उद्देश्य एल.जी. वासिङ्ग मेसिनको डेमो रहेको छ । जसमा एल.जी.को ८ के.जी.को वासर ड्रायर वासिङ्ग मेसिनबाट डेमो दिने कम्पनिले जनाएको छ । एल.जी. को वासिङ्ग मेसिन नेपाली बजारमा सर्वाधिक विक्री हुने गरेको छ र यस रोड शो बाट वासिङ्ग मेसिन सञ्चालन तथा यसका फाईदाहरुको बारेमा ग्राहकहरुलाई जानकारी गराउने उद्देश्य रहेको कम्पनीले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ। 

यसमा तपाईको मत