बजार संक्षेप

एनएमबि बैंकको पूर्वस्वीकृत आवास कर्जा

  नागरिक   2019-11-14

काठमाडौं– एनएमबि बैंकले ‘एनएमबि पूर्व–स्वीकृत आवास कर्जा’ सुरु गरेको छ ।
अब आवास कर्जा प्राप्त गर्न इच्छुक ग्राहकले आफूले किन्न लागेको सम्पत्ति छान्नुपूर्व नै आफ्नोे ऋणको सीमा स्वीकृत गराउन सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आवश्यक ऋणको सीमा स्वीकृति व्यक्तिको भुक्तानी क्षमतामा आधारित हुने र त्यो खरिद गर्न लागिएको धितोको पूर्व–मूल्यांकन नगरिकनै कायम गरिने बैंकले जनाएको छ ।
यो कर्जा सुविधाले ग्राहकको कर्जा प्राप्त गर्नयोग्य हुँदाहुँदै पनि कर्जा सीमा सम्बन्धमा अनुभव गर्दै आएको अन्योल मेटाउने तथा आयको आधारमा घर–घडेरीको अधिकतम उपयुक्त विकल्प प्राप्त गर्न सहज हुने बैंकको विश्वास छ । यो सुविधाले सम्पत्ति खरिद गर्दा सुसूचित निर्णय लिन मद्दत पुग्ने पनि बैंकले विश्वास लिएको छ ।
एनएमबि बैंकले एक सय ६३ शाखा, एक सय २८ एटिएम र पाँच एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ । 

यसमा तपाईको मत