बजार संक्षेप

एनएमबी बैंकको पूर्वस्वीकृत शैक्षिक कर्जा

  नागरिक   2019-12-23

काठमाडौं– एनएमबी बैंकले आफ्नो शैक्षिक कर्जाको योजनालाई विभिन्न आकर्षक विशेषता सहित जीवन्त तुल्याएको जनाएको छ । 
यसको प्रमुख आकर्षणमा पूर्वस्वीकृत सुविधा रहेको छ भने १५ वर्षसम्मका लागि शतप्रतिशत लगानी र चार वर्षसम्मको थप बिलम्बकालीन/ऋण स्थगन अवधि पनि रहेको छ ।
ग्राहक/विद्यार्थीले विदेशमा अध्ययन गर्ने आकांक्षामा आर्थिक अभावको सामना गर्नु नपरोस् र न्यूनतम झन्झट र परिस्कृत उपयोगीतामूलक प्रस्तावका साथ सहज रुपमा शैक्षिक कर्जा प्राप्त गरुन् भनेर ‘यी महत्वपूर्ण विशेषताहरू’ थपेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकले शतप्रतिशतसम्म शैक्षिक लागत, बसोबास र यातायात खर्चका लागि लगानी गर्नेछ । साथै, विदेशमा अध्ययन गराउने प्रायोजकको दायरालाई पनि लचिलो तुल्याएको उल्लेख छ, जसमा बुवा वा आमाका हजुरबुवा–हजुरआमा, सासु–ससुरासहितका ससुराली परिवार तथा काका–काकी दुवैलाई प्रयोजकका रूपमा सामेल गर्न सकिने गरी दायरा फारकिलो पारिएको बैंकले जनाएको छ । 
यसका साथै ऋणको अवधि बढाएर १५ वर्ष पुर्याईएको छ, जहाँ ऋण स्थगन अवधि कम्तीमा चार वर्ष वा पूरै पाठ्यक्रम अवधि कायम गरिएको छ ।
हाल बैंकले एक सय ६३ शाखा, एक सय २८ एटिएम र पाँच एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।  

यसमा तपाईको मत