बजार संक्षेप

एनएमबि बैंकको बलुनिङ एन्ड रिभर्स बलुनिङ घरकर्जा

  नागरिक   2019-11-25

काठमाडौं– एनएमबि बैंकले आफ्नो घरकर्जा सुविधा अन्तर्गत बलुनिङ एन्ड रिभर्स बलुनिङ योजना सुरु गरेको छ ।
बैंकबाट घरकर्जा सुविधा लिन चाहने ग्राहकले यस योजना अन्तर्गत आफ्नो आवश्यकता अनुसार सम–मासिक किस्ता बुझाउने विधि चयन गर्न सक्नेछन् ।
बलुनिङ सुविधाले घरकर्जा लिने ग्राहकलाई लिएको सम्पूर्ण कर्जाको साँवा पुनः भुक्तानी गर्नलाई छनोट गर्ने अवसर प्रदान गर्दछ, जसमा तिर्नुपर्ने किस्ताको केही अंश सम–मासिक किस्ताबन्दीका दरले तिर्दै जाने र बाँकी हिस्सा वार्षिक रुपमा एकमुष्ठ दरले तिर्न पाउने सुविधा रहेको बैंकले जनाएको छ ।
वैकल्पिक रिभर्स बबुनिङ सुविधाले घरकर्जा लिने ग्राहकलाई लिएको सम्पूर्ण कर्जाको साँवा पुनः भुक्तानीमा छनोट गर्ने मौका दिन्छ, जस अनुसार ग्राहकको रोजाई र आवश्यकता बमोजिम प्रत्येक पाँचदेखि १० वर्षको अवधिमा मासिक किस्ता कम गर्दै लान सकिने बैंककोे विज्ञप्तिमा उल्लेख छ ।
हाल बैंकले एक सय ६३ शाखा, एक सय २८ एटिएम र पाँच एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

यसमा तपाईको मत