बजार संक्षेप

एनएमबी बैंक नेपालमा भिसाको विशेष मुख्य सदस्य बैंकहरूको समूहमा

  नागरिक   2019-12-15

काठमाडौँ- एनएमबी बैंकले भिसा वल्र्डवाइड प्रा.लि.सँग सम्झौता पत्रमा हस्ताक्षर गरी नेपालका सीमित बैंकहरूमध्ये भिसाको एक मुख्य सदस्य बैंक बन्न पुगेको छ।

भिसा सँगको यो विशेषाधिकार प्राप्त यो सदस्यताले बैंकका लागि विभिन्न क्षेत्रमा भुक्तानी प्रणाली स्वीकार गर्नका लागि नयाँ अवसर खुल्ने छ । जसले मुलुकमा बैंकको बजार पहुँचलाई अझ विस्तार गर्नेछ ।  यस पश्चात एनएमबी बैंकका ग्राहकहरूले भिसा भुक्तानीका विकल्पहरूको पहुँच प्राप्त गर्दै बैंकको उक्त उपलब्धि बाट लाभन्वित हुन सक्ने जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।

यो साझेदारीले एनएमबी बैंक र भिसालाई देशैभरि भिसाको स्वीकार्यता विस्तार गर्न अवसर प्रदान गर्नेछ । यो संरचनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा भिजिट नेपाल २०२० अभियानमा स्विफ्ट भुक्तानी प्रक्रियामार्फत सहयोग पुग्नेछ, जहाँ ठूलो अनुपातमा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने अपेक्षा गरिएको छ । एनएमबी बैक र भिसाले भुक्तानी क्षेत्रमा सन् २०१२ देखि नै साझेदारी गर्दै आएको कम्पनीले जनाएको छ ।

हाल एनएमबी बैंकको देशैभरि १६३ शाखाहरू, १२८ एटीएम र ५ एक्सटेन्सन काउन्टरहरूको सञ्जाल रहेको छ । 
 

यसमा तपाईको मत