बजार संक्षेप

एनएमबि लघुवित्त वित्तीयको लाभांश प्रस्ताव

  नागरिक   2021-10-29

एनएमबि लघुवित्त वित्तीय संस्था ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। लघुवित्त सञ्चालक समितिको कार्तिक ११ गते बसेको बैठकले लाभांश प्रस्ताव गरेको हो।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २१.५० प्रतिशतले हुन आउने ११ करोड ६० लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.१३ प्रतिशतले हुन आउने ६१ लाख ८ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछ।

यसमा तपाईको मत