बजार संक्षेप

टुबोर्ग ओपनका लागी  नितेश जंग कुँवरको “खुलेर डल्लै”

  नागरिक   2019-12-29

काठमाडौँ- चर्चित गायक नितेश जंग कुँवरले विश्वप्रसिद्ध समुह क्लिन ब्यान्डिटसँगको सहकार्यमा आफ्नो नयाँ गीत “खुलेर डल्लै” सार्वजनिक गरेका छन् । नितेश विश्वव्यापी टुबोर्ग ओपन अभियानको हिस्सा रहेका छन् जसले संगीत मार्फत मानिसहरुलाई आफुलाई थाहा भएको र मनपर्ने कुराहरुको सिमा तोड्दै ओपन टु मोर हुनका लागी प्रोत्साहन गर्दछ । युट्युबमा टुबोर्ग नेपालको च्यानलमा खुलेर डल्लै रिलिज भएको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
नितेश जंग कुँवरले शुरु गरेका उक्त ट्रयाकमा विश्वभर परिचित समुह क्लिन ब्यान्डिटले सहकार्य गरेका छन् । २ दिने भ्रमणमा स्टुडियोमा सँगै समय बिताए सँगै क्लिन ब्यान्डिटका ग्रेस, ज्याक र ल्युकलाई नितेशले सुन्दर शहर काठमाडौंको व्यस्त वसन्तपुर देखि किर्तिपुरका विभिन्न ठाँउहरुको अवलोकन गराए । केहि मौलिक नेपाली खानाको स्वाद र नेपाली सांगीतिक बाजारमा रमाई उनीहरुले दिनको अन्तमा स्टुडियोमा उक्त ट्रयाक बनाएका हुन् । काठमाडौंको छोटो भ्रमणले उनीहरुलाई नेपाली संस्कृति र संगीतको आभाष दिलाएको उक्त जारी गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ।
गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर, बैभव शर्मा भन्छन्, “टुबोर्गको संगीतसँग निकै बलियो सम्बन्ध रहेको छ र हामीले सधैं कलाकारहरुलाई प्लाटफर्म प्रदान गर्ने कोसिस गर्दै आईरहेकाछौं । हाम्रो आफ्नै नेपाली कलाकारको बहुचर्चित अन्तराष्ट्रिय समुहसँग सहकार्य रहेकोले यो साँगीतिक सहकार्य उल्लेखिनय रहेको छ । हाम्रो नेपाली संगीतलाई अन्तराष्ट्रिय बजारमा चिनाउन र उत्थान गर्नकालागी यो हाम्रो एउटा प्रयास हो ।”

यस वर्षको टुबोर्ग ओपन अभियानको धेरै नयाँ रिलिजहरु मध्ये “खुलेर डल्लै” एक हो जसले संगीत प्रेमीहरुलाई नयाँ र विविध अनुभवहरु लिई ओपन टु मोर हुनका लागी प्रोत्साहन गर्ने लक्ष्य राख्दछ । पुरा ग्लोबल ट्रयाकहरुको प्लेलिस्ट विभिन्न डिजिटल स्ट्रिमिङ प्लेटफर्महरुमा सार्वजनिक हुने कम्पनीले जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरेको छ।


 

यसमा तपाईको मत