अटो विशेष

निसानको म्यागनाइट गाडी नेपालमा लोकप्रिय

  नागरिक   2021-10-07

नेपाली बजारमा भित्रिएको केही महिनाभित्रै एक हजार एक सय ११ युनिट निसान म्याग्नाइट बिक्री भएको छ। नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले यति धेरै संख्यामा निसान म्याग्नाइट नेपालमा बिक्री भएको जानकारी दिएको छ।

यसका साथै अहिले पनि एक हजार ७ सय युनिटभन्दा धेरै बुकिङ भइसकेको छ। योसँगै निसान नेपाली बजारमा धेरै प्यासेन्जर कार बिक्री गर्ने तेस्रो ठुलो कम्पनी बन्न सफल भएकोसमेत पायोनियर मोटोकर्पले दाबी गरेको छ।

निसान म्याग्नाइट नेपाली बजारमा गत वर्षको फेब्रुअरी २२ मा औपचारिक रूपमा लन्च गरिएको थियो। त्यसपछि ७४ दिनकै अवधिमा गत साउन महिनासम्म ५७८ युनिट निसान म्याग्नाइट बिक्री भएको जानकारी दिइएको थियो।

यो पायोनियर मोटोकर्पका लागि एक कोसेढुंगा सावित भएको छ। छोटो समयावधिमै यो ‘बिग, बोल्ड, ब्युटिफुल’ एसयुभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको छ।

यसमा तपाईको मत