बजार संक्षेप

एनआइपिएस बाँकेमा नयाँ नेतृत्व

    2019-07-29

काठमाडौं– नेपाल इन्स्योरेन्स प्रोफेसन सोसाइटी बाँकेको नौ सदस्यीय कार्य समिति गठन भएको छ । लामो समयको प्रयासपछि गठन भएको संस्थाको नेतृत्वमा डिएन गिरी नियुक्त भएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बाँकेलगायत यस क्षेत्रको बिमा व्यवसायलाई अझ व्यवस्थित एवं परिस्कृत बनाई बिमा व्यवसायमा स्वच्छ प्रतिस्पर्धा कायम गर्न उक्त संस्थाले सहयोग गर्ने अपेक्षा गरिएको छ । 
समितिको उपाध्यक्षमा प्रिमियर इन्स्योरेन्सका सागरराज शाक्य, महासचिवमा प्रुडेन्सियल इन्स्योरेन्सका सुबोध श्रेष्ठ, सचिवमा राष्ट्रिय बिमा कम्पनीका नविन शर्मा, कोषाध्यक्षमा सानिमा जनरल इन्स्योरेन्सका बसन्तराज घिमिरे चुनिएको जनाइएको छ ।
त्यसैगरी, सदस्यमा एभरेस्ट इन्स्योरेन्सका सञ्जय गौतम (सन्जु बाबा), हिमालयन जनरल इन्स्योरेन्सका अन्जु सिग्देल, ओरेन्टल इन्स्योरेन्सका पी अशोकन र प्रभु इन्स्योरेन्सका श्यामभक्त मल्ल रहेका छन् ।

यसमा तपाईको मत