बजार संक्षेप

एनआइसी एसिया रेमिटको जापानबाट रेमिट्यान्स सुरु

  नागरिक   2019-09-26

काठमाडौं– एनआइसी एसिया बैंकले ओके रेमिट जापानसँगको सहकार्यमा जापानबाट इनवार्ड रेमिट्यान्स सेवा सुरु गरेको छ । 
उक्त सम्झौताअनुसार ओके रेमिटमार्फत जापानबाट पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर रहेका शाखा, विस्तारित काउन्टर तथा शाखारहित बैंकिङ र प्रतिनिधिमार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सक्ने बैंकले जनाएको छ ।
नजिकिँदो चाडपर्वको अवसरमा जापानमा रहेका नेपालीले असोज महिनाभर ओके रेमिट जापानबाट एनआइसी एसिया रेमिटमार्फत भुक्तानी हुने गरी नेपालमा निःशुल्क रकम पठाउन सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै बैंकले पोखराको बाँझापाटन र वीरगन्जको पावरहाउस चोकमा शाखा विस्तार गरेको विज्ञप्तिमा उल्लेख छ । बाँझापाटन शाखाकोे उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले र वीरगन्जको पावरहाउस चोक शाखाको उद्घाटन वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले गरेका छन् ।
यो बैंकले तीन सय एक शाखा कार्यालय, तीन सय ५९ एटिएम, ७० विस्तारित काउन्टर र ४१ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ ।

यसमा तपाईको मत