बजार संक्षेप

एनआइसी एसिया बैंकको चाडपर्व लक्षित छुट योजना

  नागरिक   2019-10-02

काठमाडौं– एनआइसी एसिया बैंकले ग्राहकका लागि दसैं सुपर चमत्कारिक उत्सव योजना सार्वजनिक गरेको छ ।
उक्त योजनाअन्र्तगत देशभरका ग्राहकले अधिकतम लाभ लिन सक्ने गरी देशकै विभिन्न सहर र ठाँउमा सबैभन्दा पुरानो र प्रचलित भाटभटेनी सुपरमार्केटमा यस बैंकका ग्राहकले डेबिट एवं क्रेडिट कार्डमार्फत लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशत वा प्रत्येक ६ हजार ६ सय ७६ रुपैयाँको खरिदमा एक हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
बैंकको ग्राहक नभएकाले भाटभटेनी सुपरमार्केटमा बैंकले स्थापना गरेको स्टलमार्फत नयाँ खाता खोल्नुका साथै तुरुन्तै डेबिट कार्ड प्राप्त गरी देशभरका सबै भाटभटेनी सुपरमार्केटका आउटलेटमा यो सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । सार्वजनिक योजना कात्तिक १६ गतेसम्म लागू हुनेछ । 
 

यसमा तपाईको मत