बजार संक्षेप

एनआइसीको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

  नागरिक   2021-11-02

एनआइसी एसिया बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

बैंकिङ क्षेत्रको अधिकांश वित्तीय सूचकांकमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचक उत्साहजनक रहेका छन्।

बैंकले आव २०७८र७९ को पहिलो त्रैमाससम्ममा व्यवसायतर्फको कर्जामा वार्षिक बिन्दुगत आधारमा ३६ प्रतिशत (७४ अर्ब रूपैयाँ) ले वृद्धि गरी कुल कर्जा रकम २७७.८५ अर्ब रूपैयाँ पुर्‍याउन सफल भएको जारी विज्ञप्तिमा उल्लेख छ।

साथै, निक्षेपतर्फ वार्षिक बिन्दुगत आधारमा २६.९९ प्रतिशत (६५.२९ अर्ब रूपैयाँ) ले वृद्धि गरी कुल निक्षेप संकलन ३११.४५ अर्ब पुर्‍याउन बैंक सफल भएको छ। बैंकले खुद मुनाफातर्फ १.१८ अर्ब आर्जन गर्न सफल भएकोे छ, जुन २७ वटै वाणिज्य बैंकमध्ये सबैभन्दा बढी हो।

यसमा तपाईको मत