बजार संक्षेप

एनआइसी एसिया बैंक र आइपेबीच सम्झौता

  नागरिक   2021-11-01

एनआइसी एसिया बैंक र ट्रान्सक्यास इन्टरनेसनल (आइपे) बीच व्यावसायिक सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र आइपेका तर्फबाट क्षेत्रीय निर्देशक आकृति लामिछानेले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

मलेसिया, जापान, हङकङ, सिंगापुर, न्युजिल्यान्ड, अस्ट्रेलिया, दक्षिण कोरिया, अमेरिका, बेलायत र मध्यपूर्वका विभिन्न देशमा बस्दै आएका नेपालीले अब बिनाझन्झट आइपेको एजेन्टहरू, मोबाइल एप तथा वेबसाइटमार्फत उक्त बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा तुरुन्त रेमिटेन्स रकम पठाउन सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ।

यसका अलावा विदेशबाट आफूले इच्छाएको व्यक्तिको नाममा रेमिटेन्स पठाई देशभर छरिएर रहेका उक्त बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरका साथै १२ हजारभन्दा बढी रेमिटेन्स एजेन्टमार्फत सहज रूपमा नगद बुझ्न सकिने व्यवस्था समेत रहेको बैंकले जनाएको छ।

यसमा तपाईको मत