बजार संक्षेप

एनआइबिएल युनियन पे कार्ड सुरु

  नागरिक   2019-11-06

काठमाडौं– नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र युनियन पे अन्तर्राष्ट्रिय कम्पनीका अध्यक्ष चायजियाङबोबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौताअनुसार एनआइबिएल युनियन पे कार्ड तथा प्रोडक्ट नेपाली बजारमा निकट भविष्यमा प्रारम्भ गर्ने सहमति भएको हो । 
बैंकले चाइना भ्रमणमा जाने ग्राहक र चाइनाबाट नेपाल भ्रमणमा आउने पर्यटकलाई लक्ष्य गरी नेपाल इन्भेस्टमेन्ट बैंकले अहिले युनियन पे डेबिट, क्रेडिट, प्रिपेड ट्राभल कार्ड उपलब्ध गराउँदैछ भने क्युआर कोडमार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रारम्भ गर्न लागिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
उक्त युनियन पे कार्डमार्फत सजिलै एटिएम मेसिनबाट नगद निकाल्न सकिने, सेवा प्रयोग, सामान खरिद, होटेल, रेस्टुरेन्टको रकम भुक्तानी गर्दा यो कार्डबाट आर्थिक कारोबार गर्न सकिने जनाइएको छ ।
 
 

यसमा तपाईको मत