बजार संक्षेप

एनआइबिएलको काउन्टर विस्तार

  नागरिक   2019-09-18

काठमाडौं– नेपाल इन्भेस्टमेन्ट बैंकले भोजपुरको पौवादुङमा गाउँपालिकामा विस्तारित काउन्टरमार्फत आफ्नो कारोबार बढाएको छ ।
ग्रामीण क्षेत्रमा वित्तीय पहुँचमा सहयोग पु¥याउने तथा वित्तीय साक्षरतालाई व्यापक तुल्याउने उद्देश्यले उक्त काउन्टर विस्तार गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकले हालैमात्र जेबिल्स फाइनान्स प्राप्त गर्नुका साथै काठमाडौंमा शाखा स्थापना गरेको थियो । यसअघिका विस्तारित काउन्टरसँगै यसको कुशलतामा आधारित सञ्चालन अझै प्रभावकारी हुने बैंकले दाबी गरेको छ ।
हाल बैंकले ८२ शाखा, एक सय २० एटिएम, १५ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५४ शाखारहित बैंकिङ काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ ।
 

यसमा तपाईको मत