बजार संक्षेप

कुसोममा एनआइबिएल

  नागरिक   2019-11-15

काठमाडौं– नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्टमा विस्तारित काउन्टर खोलेको छ । 
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, काठमाडौं युनिभर्सिटीका रजिस्ट्रार सुवोध शर्मा र कुसोमका डिन विजय केसीले उक्त विस्तारित काउन्टर उद्घाटन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
केयू परिसरमा विस्तार भएको काउन्टरबाट दुई प्रतिष्ठानबीच दीर्घकालीन साझेदारीको महŒवलाई प्रकाश पार्ने बैंकले जनाएको छ । 
उक्त एक्सटेन्सन काउन्टरमार्फत विश्वविद्यालयका कर्मचारी, विद्यार्थी र अध्यापकलाई विशिष्टीकृत वित्तीय सेवा उपलब्ध गराई दुई प्रतिष्ठानबीच समन्वय बढाउने बैंकको विश्वास छ ।
हाल बैंकले ८२ शाखा, एक सय २४ एटिएम, १५ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५५ शाखारहित बैंकिङ काउन्टर तथा २७ सय ३६ प्वाइन्ट अफ सेल्स केन्द्रमार्फत सेवा दिँदै आएको छ ।
 

यसमा तपाईको मत