बजार संक्षेप

दुगड ग्रुपद्वारा नयाँ मेसिन प्रदर्शन तथा बिक्री

    2019-09-01

काठमाडौं– विभिन्न मोडलका निर्माण उपकरण बिक्री–वितरण गर्दै आएको दुगड ग्रुपले जी–९० मोडलको ९१ एचपीको नयाँ मोटर ग्रेडर रिपर एट्याचमेन्ट र लोडर प्रदर्शन तथा बिक्री–वितरण सुरु गरेको छ ।
देशमा बनिरहेका सडकमा लगभग ८६ प्रतिशत सिंगल तथा डबल विकल्पको अभावले बाध्यतावस १२ फिटका ब्लेड रहेको ग्रेडर चलाउनु परेको भन्दै कम्पनीले उक्त मेसिनको प्रयोगले निमार्ण कार्यमा सहयोग पुग्ने दाबी गरेको छ ।
सुरुमै बडी खर्चनुपर्ने र सञ्चालन खर्च पनि बढी चुकाउनुपर्ने अवस्थामा थोरै लगानी र कम सञ्चालन खर्च रहने उक्त मेसिन  समयसापेक्ष सरल र सस्तो रहेको कम्पनीको दाबी छ ।
तराईका फाँट, खोलानाला तथा पहाडका अप्ठेरा उकाली–ओराली र घुमाउरा सडकमा पनि सजिलोसँग प्रयोग गर्न सकिने यो मोटर ग्रेडरमा अत्याधुनिक प्रविधि, उच्च फिनिसिङ क्षमताको साथमा साना, मझौला तथा फराकिला बाटोमा समयसापेक्ष प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । कम लागत उच्चतम प्रयोग सस्तो सञ्चालन खर्च, सरल तथा अत्याधुनिक प्रविधि, उच्चतम माइलेज तथा बेजोड कार्यक्षमता यसका विशेषता रहेको कम्पनीले जनाएको छ ।

यसमा तपाईको मत