बजार संक्षेप

चाइना ट्रेड बहुउद्देस्यीय सहकारी संस्थामा नयाँ नेतृत्व

  नागरिक   2019-09-05

काठमाडौं– चाइना ट्रेड बहुउद्देश्यीय सहकारी संस्थाको १२औं वार्षिक साधारण सभाले आगामी चार वर्षको लागि नयाँ नेतृत्व चयन गरेको छ । 
दुर्गाबहादुर श्रेष्ठको अध्यक्षतामा निर्वाचित सञ्चालक समितिमा रमेशकुमार श्रेष्ठ उपाध्यक्ष, अमृतकुमार खड्का सचिव, कृष्णबहादुर गुभाजू कोषाध्यक्ष र तुल्सी श्रेष्ठ, सुभाष अग्रवाल तथा पुजन श्रेष्ठ सञ्चालकमा निर्वाचित भएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
त्यसैगरी, लेखा सुपरीवेक्षण समितिको संयोजकमा रामेश्वर श्रेष्ठ र सदस्यमा सुदिपकुमार रेग्मी र सुब्बा श्रेष्ठ निर्वाचित भएको जनाइएको छ ।
गुणस्तरीय वचत तथा ऋण सेवासँगै संस्थाले मोबाइल बैंकिङ, मिस्ड कल बैंकिङ सेवा दिइरहेको जनाएको छ । 
 

यसमा तपाईको मत