बजार संक्षेप

सिद्धार्थ बैंकको नँया शाखा मंगलपुर र पदमपुरमा

  नागरिक   2019-12-02

काठमाडौँ- सिद्धार्थ बैंकले २०७६ मंसिर १६ गते सोमबार चितवनको मंगलपुर र पदमपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 
बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो । 
उक्त शाखा विस्तार पश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १७५ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको जानकारी कम्पनीद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ। बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १९२ ब्त्ः र १,६०० भन्दा बढी एइक् मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरिय बैंकिंग सेवा प्रदान गर्दै आएको छ।


 

यसमा तपाईको मत