बजार संक्षेप

सेञ्चुरीको नायव कार्यकारी प्रमुखमा न्यौपाने

    2019-08-16

काठमाडौं– सेञ्चुरी कर्मिर्सयल बैंकको नायव कार्यकारी प्रमुखमा मनोज न्यौपाने नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको बैठकको निर्णयानुसार बैंकको रिक्त पदमा हाल प्रमुख व्यवसाय अधिकृत पदमा कार्यरत न्यौपानेलाई नियुक्त गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
विगत दुई वर्षदेखि बैंकको सहायक कार्यकारी प्रबन्धक पदमा कार्यरत न्यौपाने लक्ष्मी बैंकबाट बैंकिङ सेवा प्रारम्भ गरी हिमालयन बैंक तथा सनराइज बैंकमा करिब १५ वर्षको कार्यानुभव हासिल गरिसकेको बैंकले जनाएको छ ।
काठमाडौं विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका न्यौपाने लगनशीलता, बजार पहुँच, बैंकिङ तथा वित्त बजारसम्बन्धी ज्ञान तथा प्रभावकारी नेतृत्वमा सक्षम रहेको विज्ञप्तिमा उल्लेख छ ।
बैंकले उपत्यकामभित्र १३ शाखा र सात एक्सटेन्सन काउन्टर तथा उपत्यकाबाहिर एक सय शाखा र दुई एक्सटेन्सन काउन्टर, १३ शाखारहित बैंकिङ गरी एक सय ३५ स्थानबाट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । 
 

यसमा तपाईको मत