बजार संक्षेप

अब काठमाडौंमा नेदरल्याण्डको मेक अप स्टुडियो

    2019-08-12

काठमाडौँ- केटिएम स्कूल अफ मेक अप स्टुडियोले काठमाडौंको अनामनगरमा मेक अप स्टुडियो प्रोफेसनल एम्स्टर्डमको सहकार्यमा आफ्नो मेक अप स्कूलको सुरुवात गरेको छ। उक्त स्कूलको सफ्ट लन्चिंग गर्न तथा ब्राइडल मेक अप सम्बन्धि मास्टर क्लास दिनको लागि कलकत्ताबाट प्रशिद्ध मेक अप आर्टिस्ट नम्रता शर्मा आएको जानकारी स्कूलको प्रेस बिज्ञप्तिमा उल्लेख छ। उक्त मास्टर क्लास लिनका लागि देशका विभिन्न स्थानबाट ख्यातिप्राप्त व्यूटिसियनहरु आएको  र चार दिन प्रशिक्षणमा सहभागी भएको उक्त प्रेस बिज्ञप्तिमा उल्लेख छ।
 यस स्कूलमा अन्तर्राष्ट्रिय स्तरको मेक अपको साथै हेयर स्टाइलिङ्ग सम्बन्धि तालिमको पनि व्यवस्था गरिएको जानकारी दिइएको छ। 

यसमा तपाईको मत