बजार संक्षेप

नेप्सेमा नेरुडेको बोनस शेयर सूचीकृत

  नागरिक   2021-09-15

नेरुडे लघुवित्त वित्तीय संस्था(NLBBL)को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बुधबार कम्पनीको ३ लाख ६५ हजार ८३५.२४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लघुवित्तले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत अर्थात ३ लाख ६५ हजार ८३५.२४ कित्ता बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेमा सूचीकृत उक्त बोनस शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ।

यसमा तपाईको मत