बजार संक्षेप

महिला लघुवित्तको लाभांश घोषणा

  नागरिक   2021-10-10

महिला लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ४५ प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

 

 

यसमा तपाईको मत