बजार संक्षेप

बुधबार प्रि ओपनमा नेप्से बढ्यो

  नागरिक   2021-10-06

बुधबार प्रि ओपन सेसनमा नेप्सेमा सामान्य सुधार भएको छ। मंगलबार ४१.८४ अंक बढेर २६१२.६५ विन्दुमा बन्द भएको बजार यस दिन सो सेसनमा २.११ अंक बढेर २६१४.७४ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.६७ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा १८ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये १३ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

यसमा तपाईको मत