बजार संक्षेप

मंगलबार प्रि ओपन सेसनमा नेप्से ५ अंकले बढ्यो

  नागरिक   2021-11-02

मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ५ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात सोमबार १७.७५ अंक घटेर २८१९.८६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.९६ अंक बढेर २८२४.८३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.१८ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा २१ कम्पनीको ८४ लाख ४६ हजार ३४७ रुपैयाँ बराबरको ११ हजार ५२७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

यसमा तपाईको मत