बजार संक्षेप

मंगलबार नेप्सेमा सुधार

  नागरिक   2021-10-05

मंगलबार नेप्से सूचक साढे १ प्रतिशतभन्दा धेरैले बढ्दा कारोबार रकम भने ३ अर्ब रुपैयाँभन्दा तल झरेको छ। आज नेप्से सूचक ४१.८४ अंकले बढेर २६१२.६५ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ७.०४ अंकले बढेको छ।

नेप्से सूचक बढेपनि कारोबार रकम भने बढ्न सकेको छैन। सोमबार ३ अर्ब माथिको शेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम ३ अर्ब तल झरेको छ। यस दिन २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ रुपैयाँ बराबरको ५८ लाख ४२ हजार १३५ कित्ता शेयर कारोबार भएको छ।

यसमा तपाईको मत