बजार संक्षेप

सोमबार प्रि ओपन सेसनमा नेप्से १५ अंकले बढ्यो

  नागरिक   2021-11-01

सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १५ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ५५.५० अंक बढेर २८३७.६१ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा १४.७० अंक बढेर २८५२.३२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ५.१० अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा ४३ कम्पनीको ९५ लाख ७१ हजार १८७ रुपैयाँ बराबरको १४ हजार ४५४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३३ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ५ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

यसमा तपाईको मत