बजार संक्षेप

आइतबार नेप्सेमा हरियाली

  नागरिक   2021-10-31


आइतबार नेप्से बढेको छ। आज नेप्से सूचक ५५.५० अंकले बढेर २८३७.६२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ९.४६ अंकले बढेको छ।

नेप्सेको बढाइलाई आइतबारको कारोबार रकमले पनि साथ दिएको छ। गत विहिबार ५ अर्ब भन्दा कमको शेयर कारोबार भएकोमा आइतबार झण्डै ८ अर्ब नजिक पुगेको छ। यस दिन ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४९२ रुपैयाँ बराबरको १ करोड ३८ लाख ९९ हजार ३२२ कित्ता शेयर कारोबार भएको छ।

आइतबार विकास बैंक,हाइड्रोपावर र उत्पादनमूलक कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढी देखिन्छ। यस दिन कारोबारमा आएका १३ उपसमूहका बैंकिङ्ग उपसमूहबाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ। जसमा विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै ६।५४ प्रतिशतले बढेको छ।

यसमा तपाईको मत