बजार संक्षेप

आइतबार प्रि ओपनमा नेप्से बढ्यो

  नागरिक   2021-10-31

आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंक बढेको छ।

आजको सो सेसनमा ३.८३ अंक बढेर २७८५.९५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.६८ अंक बढेको छ।

प्रि ओपन सेसनमा २९ कम्पनीको ९५ लाख ५१ हजार ६८३ रुपैयाँ ८० पैसा बराबरको १८ हजार ९२ कित्ता शेयर कारोबार भएको छ। जसमध्ये १८ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ६ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

यसमा तपाईको मत