बजार संक्षेप

बिहीबार नेप्से बढ्यो

  नागरिक   2021-10-28

बिहीबार नेप्से सूचक १३.०४ अंकले बढेर २७८२.१७ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि ४.४३ अंकले बढेको छ। यस साता मात्रै नेप्से सूचक २२५.१७ विन्दुले बढेको छ।

बिहीबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ। बुधबार ६ अर्ब ६१ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबार ५ अर्ब ३९ करोड रुपैयाँको शेयर कारोबार भएको छ। यस दिन ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६२७ रुपैयाँको ९२ लाख ३६ हजार ६१३ कित्ता शेयर कारोबार भएको छ।

बिहीबारको बजारमा हाइड्रोपावर, लघुवित्त र अन्य उपसमूहका कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढी देखिन्छ।

यसमा तपाईको मत