बजार संक्षेप

मंगलबार नेप्से परिसूचक साढे ६ अंक बढ्यो

  नागरिक   2021-10-26

मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ६ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ८७.६३ अंक बढेर २६७२.२५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.६१ अंक बढेर २६७८.८६ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.९४ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा २४ कम्पनीको ४३ लाख १ हजार ५४७ रूपैयाँ ९० पैसा बराबरको ७ हजार ५७१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ।

यसमा तपाईको मत