बजार संक्षेप

सर्पोट लघुवित्तको लाभांश प्रस्ताव

  नागरिक   2021-10-24

सर्पोट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। लघुवित्त सञ्चालक समितिको कार्तिक ५ गते बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजी ६ करोड ६० लाख रुपैयाँको ३० प्रतिशतले हुने १ करोड ९८ लाख रुपैयाँ बराबरको बोनस शेयर र १.५७८९ प्रतिशतले हुन आउने २ करोड ८ लाख ४२ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
 

 

यसमा तपाईको मत