बजार संक्षेप

महिला लघुवित्तको लाभांश संशोधन

  नागरिक   2021-10-22

महिला लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ। संस्थाको सञ्चालक समितिको कार्तिक ५ गते बसेको बैठकले यस अघि प्रस्तावित लाभांश संशोधन गरेको हो। त्यस अनुसार लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी १० करोड रुपैयाँको ४७.५ प्रतिशत अर्थात ४ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि २.५ प्रतिशत अर्थात २५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

यस अघि लघुवित्तले चुक्ता पूँजीको ४५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।

यसमा तपाईको मत