बजार संक्षेप

धितोपत्र बोर्डमा नेपाल फाइनान्स र अपी पावरको आवेदन

  नागरिक   2021-10-21

नेपाल फाइनान्स र अपी पावरले हकप्रद निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। फाइनान्सले कार्तिक १ गते र अपी पावरले असोज २५ गते हकप्रद निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो। फाइनान्सले एक १ः०.७० अनुपातमा ३४ करोड ५४ लाख रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४७४.२८ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

ललितपुर फाइनान्सलाई प्राप्ति गरेपछि कम्पनीको चुक्ता पूँजी ४९ करोड ३४ लाख ९६ हजार रुपैयाँ पुगेको छ। चुक्ता पूँजीको ७० प्रतिशत हकप्रद निष्काशन पछि फाइनान्सको चुक्ता पूँजी ८३ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।फाइनान्सको हकप्रद बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ।

यस्तै अपी पावरले १ः०.३९३६ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ। अपी पावरले १ अर्ब ८ करोड रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।

यसमा तपाईको मत