बजार संक्षेप

प्रि ओपनमा नेप्से बढ्यो

  नागरिक   2021-10-21

विहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक बढेको छ। बुधबार ६०.५६ अकं बढेर २५७१.६६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.३६ अंक बढेर २५७३.०५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.५० अंक बढेको छ।

आजको प्रि ओपन सेसनमा ९ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ५ कम्पनीको शेयरमूल्य बढेको छ भने १ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ३ कम्पनीको शेयरमूल्य भने सो सेसनमा स्थिर रहेको छ।

यसमा तपाईको मत