बजार संक्षेप

बुधबार नेप्सेमा हरियाली

  नागरिक   2021-10-20

बुधबार नेप्से परिसूचक ६०.५६ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन २५१०.७३ विन्दुमा बन्द भएको नेप्से, यस दिन ६०.५६ अंक बढेर २५७१.६६ विन्दुमा पुगेको छ।

ब्याजदर घट्ने भएपछि त्यसको सकारात्मक प्रभाव बजारमा परेको हो। दशैँ लगत्तै बैंकहरुले ब्याजदर बढाएको सूचना सार्वजनिक गरेसँगै नेप्सेमा उच्च गिरावट देखिएको थियो।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। मंगलबार साढे ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा यस दिन २१७ कम्पनीको ३४ हजार ६४४ पटकको कारोबारमा २ अर्ब ६७ करोड ९० लाख रुपैयाँ बराबरको ६१ लाख १ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यसमा तपाईको मत