बजार संक्षेप

नेपाल टेलिकमको गिफ्ट प्याकेज

  नागरिक   2019-12-05

काठमाडौं– नेपाल टेलिकमले ग्राहकको रुचिलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ । 
जसअन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा डाटासेवा साथीभाइ वा आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ । यो सेवा उपयोग गर्नका लागि सर्वप्रथम नेपाल टेलिकमको ‘नेपाल टेलिकम’ एप आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्छ । एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्ले स्टोरमा र आइफोन प्रयोगकर्ताले एप स्टोरमा गई नेपाल टेलिकमको लोगो अंकित एप डाउनलोड गर्न सकिने प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । डाउनलोड गरेपछि ‘रजिस्टर’मा क्लिक गर्नुपर्छ । 
उनले भनिन्, ‘एपमा मागिएबमोजिम प्रयोगकर्ताको नाम, मोबाइल नम्बर, पासवर्डलगायत विवरण राखेपछि लगइन हुन्छ । यसपछि मोबाइलमा तत्कालै सन्देशका रुपमा एकपटकका लागि कोड नम्बर आउँछ, सो कोड नम्बर इन्ट्री गरी हाम्रो कम्पनीको एप प्रयोग गर्न सकिन्छ ।’ 
यही एपमार्फत आफन्त वा साथीभाइलाई कुराकानी गर्ने वा इन्टरनेट चलाउने समय उपहारका रुपमा प्रदान गर्न सकिनेछ । इन्टरनेट चलाउने डाटा सेवा उपहारस्वरुप दिन चाहनेले एप खोलेर गिफ्ट प्याकेज्समा क्लिक गर्नुपर्छ । त्यसपछि डाटा लेखिएको एपमा गएर जम्मा १२ रुपैयाँमा २४ घन्टासम्म २८ एमबी, ३० रुपैयाँमा तीन दिन चलाउन मिल्ने ९० एमबी, ६० रुयैयाँमा सात दिनको १९० एमबी र सय रुपैयाँमा ५०० एमबी तथा २४० रुपैयाँमा २८ दिन चलाउन सकिने १५०० एमबी डाटा गिफ्ट गर्न सकिन्छ । 
कति एमबी डाटा उपहार दिने हो निश्चित गरेपछि क्लिक टू सब्सक्राइब लेखिएको स्थानमा क्लिक गरी दिन चाहेको मोबाइल नम्बर लेखी ओके गर्नुपर्छ । प्रिपेड तथा पोस्टपेड मोबाइलका प्रयोगकर्ताले यो सुविधा उपभोग गर्न सकिने छ । 
यही एपको गिफ्ट प्याकेज्समा गई भ्वाइस क्लिक गरी २५ रुपैयाँको ४० मिनेट कुरा गर्न सकिने एक दिने प्याकेज उपहार दिन सकिन्छ । सात दिनसम्म १९० मिनेट कुरा गर्न सकिने प्याकेज उपहार दिने हो भने जम्मा एक सय रुपैयाँ लाग्छ । जम्मा २४० रुपैयाँमा मा २८ दिनसम्म ४९० मिनेट कुरा गर्न सकिने प्याकेज पनि उपहार दिन सकिन्छ छ । साथै पाँच सय रुपैयाँमा ४२ दिनसम्म प्रयोग गर्न सकिने ११ सय मिनेट गिफ्ट गर्न पनि सकिने छ ।
त्यसैगरी, नेपाल अफर डट एनटिसी डट नेट डट एनपीमा गएर पनि आफूले चाहे बमोजिमका प्याकेज साथीभाइ र आफन्तलाई उपहार दिन सकिन्छ । यस योजनामा जसले गिफ्ट दिने हो उसकै मोबाइल ब्यालेन्सबाट रकम काटिन्छ । 

यसमा तपाईको मत