बजार संक्षेप

सिन्धुलीवासीसँग नेपाल टेलिकमको अन्तरक्रिया

  नागरिक   2019-11-27

काठमाडौं– नेपाल टेलिकमले देशभर फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिरहेको छ । 
कम्पनीले गत मंसिर ६ देखि काठमाडौंको पशुपतिनाथ परिसरबाट प्रारम्भ भई जनकपुरमा पुगेर मंसिर ९ गते समापन भएको साइकल ¥याली ‘राइड थु्र सिन्धुलीगढी’ र सांस्कृतिक कार्यक्रमको अवसरमा सिन्धुलीको मूलकोट, खनियाखर्क, सिन्धुलीमाढी र बलेनीका स्थानीयबीच सिम वितरण गर्नुका साथै सेवा तथा छुटबारे अन्तक्र्रिया कार्यक्रम गरेको जनाएको छ ।
कम्पनीले सह–प्रायोजन गरेको साइकल र्यालीका क्रममा मूलकोट र सिन्धुलीमाढीमा आयोजित विशाल सांस्कृतिक कार्यक्रममा कम्पनीको स्टल राखी सेवा प्रवद्र्धन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । उक्त अवसरमा विशेषतः कम्पनीका सेवा, छुट र फोरजीबारे उपभोक्ताबाट राखिएका जिज्ञासालाई सम्बोधन गरिएको जनाइएको छ ।   
 

यसमा तपाईको मत