बजार संक्षेप

‘नेपाल स्टक’ - अब पोर्टफोलियो ट्र्याकिङ सित्तैमा

    2019-07-24

काठमाडौँ-  नेपाल शेयर बजारमा भइरहेको उत्तारचढावको जानकारी अब मोबाइलमा नै आउने भएको छ। साथै यस एपमा सित्तैमा पोर्टफोलियो बनाएर दैनिक रुपमा आफ्नो शेयरको जानकारी लिन पाइने भएको छ। 

जिनियस सिस्टम्सले ‘नेपाल स्टक’ भन्ने एप हालसालै सार्वजनिक गरेको छ। हेर्दा धेरै राम्रो तथा चलाउदाँ धेरै सजिलो यो एपमा पोर्टफोलियो ट्र्याकिङ, शेयर बजार समाचार, तथा वाचलिष्ट राख्न मिल्ने प्रविधी राखिएको छ भने आउदा दिनमा विभिन्न सुविधाहरु थपिने जानकारी जिनियस सिस्टम्सले दिएको छ। जिनियस सिस्टम्सले नेपाली पात्रो, टाइम्स अफ नेपाल, नेपाली किबोर्ड जस्ता अति उपयोगी एपहरुको सुचिमा ‘नेपाल स्टक’ पनि थपेको छ। यो एप एन्ड्रोइड र एप्पल दुवैमा उपलब्ध छ ।


 

यसमा तपाईको मत